भक्तपुरमा प्रहरी हवल्दारमाथि चक्कु प्रहार


हरेकपल March 31, 2020

भक्तपुर– भक्तपुरको सूर्यविनायकमा ड्युटीमा रहेका प्रहरी हवल्दारलाई मानसिक समस्या भएका एक व्यक्तिले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।

रामेछापको दोरम्बा–५ घर भई सूर्यविनायकमा बस्दै आएका २८ वर्षीय नवीन तामाङले चक्कु प्रहार गरेका हुन् ।

मंगलबार बिहान साढे ६ बजे तामाङ चक्कु बोकेर चोकमा निस्किएका मानसिक सन्तुलन गुमाएका ती व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरी हवल्दार केशरसिंह रावतलाई चक्कु हानेको महानगरीय प्रहरी वृत्त, जगातीले जानकारी दिएको छ ।

अहिले घाइते हवल्दार र मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीको भनाइ छ ।