जंगलमा लागेको आगो निभाउने क्रममा चीनमा १८ अग्‍निनियन्त्रकको मृत्यु


हरेकपल March 31, 2020

बेइजिङ, १८ चैत । जंगलमा लागेको आगो निभाउने क्रममा चीनमा १८ अग्‍निनियन्त्रको मृत्यु भएको छ । सिन्ह्वा न्युज एजेन्सीका अनुसार सिचुआन प्रान्तमा भएको सो दुर्घटनामा अग्‍निनियन्त्र र उनीहरुका गाइडको मृत्यु भएको हो ।

हावाको गतिमा आएको बेगले आगोको दिशा मोडिएपछि मंगलबार बिहान उनीहरुको मृत्यु भएको हो । घाइते अवस्थामा भेटिएका तीनजनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

उक्त क्षेत्रमा दुई हजार अग्‍निनियन्त्रक र उद्धारकर्ताहरु पठाइएको छ । उक्त क्षेत्रबाट करिब १२ सय मानिसहरुको उद्धार गरिएको छ । अहिले आगो चीनको लियाङसाङ प्रान्तको एक हजार हेक्टर क्षेत्रमा फैलिइरहेको छ ।

गत वर्ष पनि सोही क्षेत्रमा आगो निभाउने क्रममा ३० जना अग्‍निनियन्त्रकको मृत्यु भएको थियो ।