रामेछापमा ५६ जनाक्वारेन्टाइनमा ४८ आईसुलेसन कक्ष तयार


हरेकपल April 1, 2020

रामेछाप। रामेछापजिल्लाका भरीमा ५६ जना सर्व साधारणलाई क्वारेन्टाइनमा राखिएको छ । संभावित कोरोनाको संक्रमण बाट वच्नको लागि जिल्लका विभिन्न स्थानिय निकायहरुले नेपालबाहिरबाटआएका हरुलाई क्वारेन्न्टाईनमा राखेको हो ।


यसरी क्वारेन्टाइनमाबस्नेहरुमा दोरम्बागाउँपालिकाका १०जना, गोकुलगंगागाउँपालिकाका ७ जना, मन्थलीनगरपालिकाका ९ जना,खाँडादेवीगाउँपालिकाका ५जना रामेछापनगरपालिकामा १७ जना लिखु तामाकोशी गाउँपालीकाका ४ जना रहेको जिल्लास्वास्थ्यकार्यालय रामेछापकाप्रमुखजितेन्द्र कुमार कर्णले जानकारी दिए । नेपालबाहिरका देशहरु दोहा, फ्रान्स, कतार र भारतबाटआएकाहरुलाई यसरि क्वारेन्टाइनमा राखिएको हो ।


कोरोनाको संक्रमणले बिश्वब्यापी रुपमा महामारीको रुप लिएपछि नेपाल सरकारले लिएको गम्भिरता संगै उच्च सर्तकता अपनाउने अभियान स्थधनिय तहलागेकाले बाह्य मुलक बाट आएका हरुलाई क्वारेन्टटाईनमा राखिएको र उनिहरु मध्य कतिपयलाई आफनै होम क्वारेन्टाईनमा राखिएको जानकारी पनि डा कर्णल्ो गराए ।
क्वारेन्टाइनमाबसेकाहरु कसैलाई पनि रोगको कुनै पनिलक्षण देखानपरेको जिल्लाअस्पताल रामेछापकाचिकित्सकआनन्दआचार्यले बताए । कोरोनाफोकल पर्सनका रुपमातोकिएकाआचार्यले रामेछापजिल्लामा एक जनालाई उच्चज्वरोकाकारण तामाकोशि अस्पतामा राखिएको र उपचार पचि उनलाई अस्पतलबाट डिस्चार्ज गरि सकिएको छ ।

यसरि क्वारेन्टाईन संचालनका लागि मन्थली नगरपालीकाले २० वटा रामेछाप नगरपालीकाले ६० वटा दोरम्बा गाउँपालीकामा ८ वटा खाँडादेवीमा २० बटा गोकुल गंगामटा १५ वटा उमाकुण्डमा २८ वटा र लिखु तामाकोशि गाउँपालीकामा १६ वटा गििर १ सय ६७ वटा क्वारेन्टाईन बेड र ४८ वटा आईसुलेसन कक्ष स्थापना गरिएको छ । नेपालबाहिरबाटआएर क्वारेन्टाइनमा राखिएका मध्य ३१ जनाआफ्नै घरको क्वारेन्टाइनमा र बाँकिलाई भने सरकारले संचालन गरेका सामुदायिकक्वारेन्टाइनमा राखिएको छ ।