दाङमा उच्च सतर्कता, कोरोना अस्पतालमा जनरल ल्याब सेवा


हरेकपल April 1, 2020

दाङ, १९ चैत । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि दाङमा यसको तयारीलाई तीव्र पारिएको छ । अहिले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालासहितको अस्थायी कोरोना अस्पताल बनाउने तयारी गरिएको छ । प्रयोगशाला ९ल्याब० सहितको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएपछि यहाँ बाट नै कोरोना सङ्क्रमणको जाँच हुनेछ ।

“अस्थायी ल्याबसहितको कोरोना अस्पताल दाङमै सञ्चालन हुने योजना छ, सोही अनुसार प्रदेश सरकारले तयारी थालेको छ”, जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ का फोकल पर्सन कमल चन्दले भन्नुभयो, “ अहिले रिपोर्टकालागि स्याम्पल लगेर काठमाडौं जानुपर्ने अवस्था छ, कोरोना अस्यायी अस्पताल सञ्चालनमा आएपछि त्यो अवस्थाको अन्त्य हुनेछ ।” प्रदेश नं। ५ सरकारले बेलझुण्डीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यहाँ एक सय श्ययाको आइसोलेशन कक्षको व्यवस्थापन गरिएको छ ।

अहिले प्रतिष्ठान र बेलझुण्डी अस्थायी अस्पतालबाट नमूना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौं लैजाने गरिएको छ । बेलझुण्डी कोरोना अस्पतालबाट जनरल ल्याब सेवा पनि सुरु गरिएको अस्पतालका मेसु सर्वेश शर्माले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिमा अन्य रोगहरु पनि हुन सक्ने र त्यसको परीक्षण नगर्दै मृत्यु हुने घटनाको न्यूनीकरणका लागि यहाँ सो सेवा शुरु गरिएको हो ।

त्यस्तै जिल्लाका सबै स्थानीय तहमा पुग्ने गरि आइसोलेशन र क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ । यदि कोरोनाको ‘पोजिटिभ’ रिर्पोट आए पनि दाङमै सहजै उपचार गर्न सकिने दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । उहाँका अनुसार बेलझुण्डीमै अक्सिजन र भेन्टिलेटर जडान गर्न लागिएको छ । “हामीले जिल्लामै कोरोनाका विरामीलाई सहजै उपचार गर्न सक्छौं”, उहाँले भन्नुभयो, “अलि कडा बिरामी हुन थालेपछि मात्रै हामीले काठमाण्डौं लैजाने हो, सामान्य बिरामी भए त हामीले दाङमै सहजै उपचार गर्न सक्छौं ।’

दाङमा अहिले वडा–वडामा कोरोना भाइरसबाट सङ्क्रमित हुन सक्ने सम्भावित व्यक्तिको खोज्ने कार्य भइरहेको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार वडाका जनप्रतिनिधिसँग सहकार्य गरेर भारतलगायत विदेशबाट आएका व्यक्तिको तथ्याङ्क खोज्ने कार्य भइरहेको छ । विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइन कक्षमा राख्ने कार्य भइरहेको छ । यदि वडामा त्यस्ता शङ्कास्पद बिरामी भेटिएमा ओसार–पसार गर्नलाई जिल्लामा १५ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । ती एम्बुलेन्सका चालकलाई मास्क, सेनिटाइजरलगायत आवश्यक सामग्री उपलब्ध गराइएको छ ।

बिरामीको खानपानमा समस्या हुन सक्ने भन्दै कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोष पनि निर्माण गरिएको छ । सो कोषमा दाङका घोराही र तुलसीपुर उपमहानगरपालिकाले रु एक÷एक लाख रकम जम्मा गर्ने छन्, भने लमही नगरपालिकासहित अन्य सात गाउँपालिकाले ५०÷५० हजार कोषमा जम्मा गरेका छन् । अहिले दाङका दशवटै स्थानीय तहले आइसोलेशन र क्वारेन्टाइन तयार गरेका छन् । अहिले जिल्लामा करिब तीन सय श्ययाको क्वारेन्टाइन कक्ष स्थापना गरिएको छ ।

११ जनाको परीक्षणः सबैको रिपोर्ट नेगिटिभ
दाङमा मंगलबारसम्म ११ जनाको कोरोना भाइरस९कोभिड–१९० परीक्षण गरिएको छ । कोरोनाको आशङ्कामा परीक्षण गरिएका सबैको रिपोर्ट नेगिटिभ आएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेशनमा रहेका ५ जनाको रिपोर्ट नेगिटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ ।

त्यस्तै बेलझुण्डी कोरोना विशेष अस्पतालको आइसोलेशनमा कक्षमा रहेका ६ जनाको पनि रिपोर्ट आएका छन् । उनीहरुको पनि नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको हो । अहिले प्रतिष्ठानको आइसोलेशनमा एकजना पनि शङ्कास्पद बिरामी छैनन्, भने बेलझुण्डी अस्पतालमा ७ जना शङ्कास्पद बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताउनुभयो । उहाँका अनुसार शङ्कास्पद बिरामीको स्वाव सङ्कलन कार्य भइरहेको छ ।

तुलसीपुरमा मासु पसल खुल्ला
तुलसीपुरमा आजदेखि मासु पसल खुल्ला गरिएको छ । लकडाउनले गर्दा ब्रोइलर कुखुरा नष्ट हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका र कुखुरा व्यवसायीबीच सहमति भएर मासुपसल खोल्न थालिएको हो । तुलसीपुरको मासुमण्डीमा रहेका १४ वटा फ्रेस हाउस सञ्चालन ल्याइएको छ ।

तुलसीपुर क्षेत्रमा तयारी अवस्थामा रहेका कुखुरालाई जिल्ला तथा जिल्ला बाहिर सहज ढुवानीका लागि उपमहानगरपालिकाले पहल गर्ने, कुखुरा सप्लार्यसले सहमति अनुसार किसानलाई दाना उपलब्ध गराउनुपर्ने उल्लेख छ । मासुपसल विहान ६ देखि ८ बजेसम्म र दिउँसो ४ देखि ६ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
घरमै अतिआवश्यक बस्तु
कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको अवधिभर घोराहीका घरघरमा दैनिक आवश्यक बस्तुहरु पु¥याउन थालिएको छ । वडा नम्बर १४ र १५ को समन्वयमा दाङ जिल्ला उद्योग वाणिज्य सङ्घले उपभोक्ताको घरघरमा दैनिक खाद्य बस्तुहरु पु¥याउन थालिको हो ।

स्थानीय प्रशासनले दैनिक विहान ६ देखि ९ बजेसम्म तीन घण्टाका लागि दैनिक उपभोग्य बस्तु खरिद गर्न सकिनेछ । सो समयमा अत्यधिक भिडभाड र सङ्क्रमणको जोखिम भएपछि बजार क्षेत्रमा चौविसै घण्टा पूर्णरुपमा लकडाउन गर्ने निर्णय भएको हो । त्यसको विकल्पमा उद्योग वाणिज्य सङ्घले दैनिक उपभोग्य बस्तुहरु बजार क्षेत्रका टोल टोलमा पु¥याउन थालेको हो । चामल, तरकारी, नुन, तेल, दाल, दूध, फलफुल, पिठो, सावुन र च्याउ उपभोक्ताको घरघरमा पु¥याउन थालिएको सङ्घका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो । सो कार्यका लागि १२ गाडी र एउटा मोटरसाइकलमा समानहरु राखेर घरमै सेवा दिन थालिएको छ । तरकारी, खाद्यान्न, फलफुल बोक्ने चार÷चार र एउटा मोटरसाइकलमा च्याउ राखेर बिक्री थालिएको छ । गाडीहरु माइकिङ गर्दै प्रत्येक टोल टोलमा जाने र घरमा बस्नेहरुले गेटबाटै समान खरिद गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । घरघरमै दैनिक उपभोग्य बस्तुहरु पु¥याउने व्यवस्था गरेपछि पसलमा जस्तो भिडभाड नहुने, घरबाट निस्केर पसल धाउन नपर्ने र सङ्क्रमण जोखिम पनि न्यून हुने बताइएको छ ।

कोठा छाड्न दबाब नदिन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय दाङले भाडामा बसेका स्वास्थ्यकर्मीलाई कोठा छोड्न दबाब दिए त्यस्ता घरधनीलाई कारवाही गर्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले सोमबार एक सूचना जारी गर्दै अहिले कोेरोना भाइरस९कोभिड–१९ ० को जोखिमको अवस्थमा पनि बिरामीको सेवा दिन खटिएका स्वास्थ्यकर्मीलाई कोठा छोड्न दबाब दिने गरेको गुनासो आएको भन्दै त्यसो गरे घरधनीलाई कानून वमोजिम कारवाही गरिने बताउनुभयो । कोठा भाडामा लिई बसेका विद्यार्थीलाई पनि त्यस्तो दबाब दिने गरिएको भन्दै यस्तो कार्य नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरिएको छ । मुलुक महामारीले आक्रान्त बनिरहेको अवस्थामा आफ्नो ज्यानको प्रवाह नगरी खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने कार्य गर्नुपर्नेमा घरधनीले गरिरहेको भनि सुन्नमा आएको व्यबहार तत्कालन सच्चाउन उहाँले आग्रह गर्नुभयो ।

लकडाउन अवज्ञा नगर्न सांसद केसीका अपील
दाङ क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले सरकारले गरेको लकडाउन पूर्ण रुपमा पालना गर्न जनतामा अपिल गर्नुभएको छ । कोरोना भाइरस९कोभिड–१९० फैलिन नदिन तथा नियन्त्रणकालागि सरकारले लकडाउनलाई आठ दिन थप गरिएको भन्दै यो अवधिमा लकडाउन पूर्ण पालना गर्नु सबैको दायित्व भएको बताउनुभयो । “कोरोना सङ्क्रमणको वर्तमान अवस्थामा सरकारले गरेको लकडाउनको पूर्ण पालना गर्न समेत म सम्पूर्ण नागरिकलाई अनुरोध गर्दछु”, अपिलमा भनिएको छ ।
विदेशबाट आएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा बसेर आफ्नो परिवार अनि समाजलाई निर्धक्क बनाउन उहाँले अनुरोध गर्नुभएको छ । कोरोनाका केही लक्षण देखिने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा गएर आवश्यक परामर्श लिन समेत सबैमा उहाँले अनुरोध गर्नुभएको छ ।

सहकारीले विना धितो ऋण दिने
दाङको एक सहकारीले सरकारले गरेको लकडाउनलाई मध्येनजर गरि विनाधितो ऋण दिने भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ स्थित जनसेवा वचत तथा ऋण सहकारी संस्थाले दैनिक ज्याला मजदूरी गरेर जीवन चलाउने आफ्ना शेयर सदस्यलाई बिनाधितो ऋण दिने भएको हो ।

कोरोना भाइरस ९कोभिड–१९ ० लाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनको समयमा आफ्नो दैनिकी चलाउन समस्या हुने गरेका सेयर सदस्यका लागि यस्तो निर्णय गरेको हो ।

संस्थाको सोमबार बसेको आकस्मिक बैठकले लकडाउनको समयमा दैनिकी मजदुरी गरेका खाने श्रमिकको समस्या समधानका लागि दशहजारसम्म बिना धितो ऋण दिने निर्णय गरेको संस्थाका सचिव जीवन भण्डारीले बताउनुभयो ।
सहकारीले लकडाउनको समयमा पनि दैनिक दुई घण्टा सेवा समेत प्रदान गर्ने भण्डारीले बताउनुभयो । कोरोनाले निम्त्याएको सङ्कटलाई मध्यनजर गरी संस्थाबाट परिचालित ऋणको बुझाउनुपर्ने किस्ता र व्याज नबुझाएमा पनि सो अवधिको हर्जना नलिने संस्थाको बैठकले निर्णय गरेको सचिव भण्डारीले बताउनुभयो ।