विकसित मुलुकका नेपालीको भन्दा सीमामा अलपत्र नेपालीको चिन्ता गर्न राष्ट्रपतिलाई झाँक्रीको सुझाब


हरेकपल April 1, 2020

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्या भण्डारीलाई सामाजिक सञ्जाल मार्फत सुझाब दिएकी छिन् ।

उनले विकसित मुलुकका नेपालीको भन्दा सीमामा अलपत्र नेपालीहरूको चिन्ता गर्न सुझाब दिएकी हुन् ।

फेसबुकमार्फत आक्रोश पोख्दै उनले भारतबाट देश फर्कन चाहने नेपालीहरू अलपत्र परेकाले उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दिन माग गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले अमेरिकामा कोरोनाको प्रकोप बढेपछि त्यहाँ रहेको नेपालीहरूबारे चिन्ता प्रकट गरेकी थिइन् ।

सो सम्बनधमा प्रतिनिधिसभा सदस्यसमेत रहेकी झाँक्रीले लेखेकी छिन्– महामहिम ! अमेरिका, क्यानडा, युरोप, अस्ट्रेलिया, जापान, कोरियालगायत विकसित मुलुकका नेपालीको चिन्ता नगरी बक्सियोस्, नेपालका विभिन्‍न जिल्लामा निर्माणको काम गर्न गएका मजदुरहरू लकडाउनमा अलपत्र परेकाहरू समस्यामा छन् । व्यवस्थापनका लागि स्थानीय तहलाई निर्देशन दिने कि ?’