नेपालमा छैटौँ व्यक्तिमा कोरोना संक्रमण भेटियो


हरेकपल April 2, 2020

काठमाडौं– नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या ६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार दिउँसो भएको परीक्षणमा थप एकजनामा पोजेटिभ देखिएको हो ।

ती व्यक्ति चैत ४ गते कतारबाट आएको क्युआर ६५२ नम्बरको विमानमा नेपाल आएका थिए । यसबारे थप विवरण आउँन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।