इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु फेरि ६ दिनका लागि आइसोलेसनमा


हरेकपल April 2, 2020

एजेन्सी, २० चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु फेरि ६ दिनका लागि आइसोलेसनमा गएका छन् । नेतान्याहु दोस्रोपटक सेल्फ आइसोलेसनमा गएको रोयटर्सले जनाएको छ ।

७० वर्षीय प्रधानमन्त्री नेतान्याहु इजरायलमा सबभन्दा बढी शासन गर्ने नेता हुन् । यसअघि दुई दिन आइसोलेसनमा बसेका थिए ।

इजरायली स्वास्थ्यमन्त्री लिजम्यान र उनकी श्रीमतीलाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री पुनः आइसोलेसनमा बस्न लागेका हुन् । स्वास्थ्यमन्त्री दमपतीमा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

नेतान्याहू यसअघि बुधबार राति मात्रै आइसोलेसनबाट बाहिर निस्किएका थिए । यसअघि सोमबार नेतान्याहुको कोरोना जाँच गर्दा नेगेटिभ देखिएको थियो ।

इजरायलमा हालसम्म २९ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी संक्रमित भएका छन् ।