४३ भारतीय क्वारेन्टाइनमा


हरेकपल April 3, 2020

प्रदेशका विभिन्न स्थानमा अलपत्र परेका भारतीय नागरिकलाई धनगढी उपमहानगरपालिकाले त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरेको क्वारेन्टाइनमा राखेको छ ।

उपमहानगरपालिकाले अलपत्र परेका ४३ भारतीयलाई त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको नगरप्रमुख वडले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय प्रशासन, नेपाल–भारतमैत्री सङ्घसँग समन्वय गरेर क्वारेन्टाइनमा राखिएको हो ।” भारतको पिथोडागढ जिल्लाको धार्चुला पुल नजिक अलपत्र परेका नेपालीलाई भारतको उत्तराखण्ड सरकारले भारतमै क्वारेन्टाइनमा राखेर सहयोग गर्ने सहमतिपछि नेपालमा अलपत्र परेका र कोरोनाको लक्षण देखिएकालाई क्वारेन्टाइनमा राखिएको प्रमुख वडको भनाइ छ ।