कोरोना–त्रासका दुई मुक्तक


हरेकपल April 4, 2020


कसैबाट केही ल्याउन, लान हुन्न भन्छन्,
रक्सी त के गहुँत पनि खान हुन्न भन्छन्,
कोरोनाको सङ्क्रमणले छुने हो कि भन्दै
आफन्तको मलामी नि जान हुन्न भन्छन् ।

कुनै युद्ध फुकेर जितिँदो रैछ
कुनै युद्ध झुकेर जितिँदो रैछ
कोरोना विरुद्धको युद्ध चाहिँ
घरभित्रै लुकेर जितिँदो रैछ ।