दुबई दुई साताका लागि लकडाउन


हरेकपल April 5, 2020

एजेन्सी । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि शनिबार रातिदेखि दुई साताका लागी दुबईमा लकडाउन गरिएको छ। दुबईको संकट तथा प्रकोप व्यवस्थापन सम्बन्धी उच्चस्तरीय समितिले शनिबार रातिदेखि दुईसाताका लागि व्यापार–व्यवसाय, आवातजावत, कलकारखाना, यातायात सबै प्रतिबन्ध लगाएको हो।

कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्म्लिकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान संचालन गरिने दुबई मिडिया अफिसले जनाएको छ। यस अवधिमा दुबईका कुनाकुनामा विषादी छर्केर निर्मलीकरण गरिनुका साथै घना बसोबास भएको क्षेत्रहरुमा व्यापक रुपमा स्वास्थ परिक्षण गरिने बताईएको छ।

लकडाउनको अवधीभर स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना, एयरपोर्ट, टेलिकम्युनिकेसन क्षेत्र, मिडिया लगायतका महत्त्वपूर्ण क्षेत्रहरु भने संचालन हुनेछन्। रेष्टुरेन्टहरुलाई डेलिभरी सेवा दिन छुट दिईएको छ। यसैगरी उर्जा, सुरक्षा, डाक सेवा, बैंकिङ्ग, पानी, ग्याँस लगायतका क्षेत्रहरु नियमित संचालन हुन पाउनेछन्।