श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको २४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको ६ तारिख, सोमवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको त्रयोदशी तिथि दिवा १।४१ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र दिवा १०।१० बजेसम्म रहनेछन् । यसैगरी आज वृद्धि योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।५१ मा छ भने सूर्यास्त बेलुका ६।२३ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा छन् ।
आज सोमवार शिवजीको उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ । यसैगरी ॐ सोमाय नमः मन्त्र जपका साथै शिवस्तुतिपाठ पनि फलदायी रहनेछ ।