राहत कोषमा सहकारीको सहयोग


हरेकपल April 6, 2020

रामपुर २४ चैत ।पाल्पाको रामपुर नग रपालिकाले कोरोना भाइरस रोकथाम तथा राहत व्यवस्थापनका लागि स्थापना गरेको विपद् प्रकोप व्यवस्थापन कोषमा रकम सङ्कलन शुरु भएको छ ।

कोषमा स्थानीय अन्धकारमुक्ति वचत तथा ऋण सहकारी संस्थाले रु एक लाख सहयोग गरेको छ । सो कोषमा अहिलेसम्म रु। १ लाख ८२ हजार ३ सय ९० रकम सङ्कलन भएको छ । दैनिक ज्यालादारी श्रमिक, अति विपन्न र अशक्त परिवारका लागि नगरपालिकाले राहत कोष स्थापना गरेको हो ।
सो सहकारीका अध्यक्ष सागरप्रसाद देवकोटाले आफूहरुले रामपुर नगरपालिकालाई रु १ लाख, निस्दी गाउँपालिका, रम्भा गाउँपालिका र पूर्वखोला गाउँपालिकालाई रु ५०÷५० हजार रकम राहतस्वरुप सहयोग गरेको बताउनुभयो ।
यस्तै एकीकृत मगर उत्थान समाज रामपुरले राहत स्वरुप रु ८२ हजार ३ सय ९० रकम सहयोग गरेको समाजका अध्यक्ष रामबहादुर हिस्की मगर बताउनुभयो ।