सङ्कटसँग जुध्न सर्वदलीय सहमति


हरेकपल April 6, 2020

विराटनगर, २४ चैत । प्रदेश नं १ का प्रमुख राजनीतिक दलले कोरोना भाइरसबाट बच्न जारी लकडाउनको पूर्ण पालनासहित चारबुँदे सहमति गरेका छन् ।

ती दलले सरकारी अस्पताल, शिक्षण अस्पताल र अन्य अस्पतालबाट प्राप्त हुने स्वास्थ्यसेवालाई नियमितरुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्दै अस्पतालले पनि सर्वसाधारण जनताको उपचारका निम्ति ध्यान दिनुपर्नेमा जोड दिएका छन् । लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउन सरकार र प्रदेशवासीलाई अनुरोध गर्ने निर्णय पनि ती दलले गरेका छन् ।
लकडाउनका कारण आपूर्तिमा कमी हुनसक्ने भएकाले अत्यावश्यक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत सामग्रीको उपलब्धता र न्यून आय भएका, आधारभूत जनता र समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न पनि समझदारी भएको छ । यसको कार्यान्वयनका लागि स्थानीय प्रशासन, स्थानीय तह र राजनीतिक संयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिने भएको छ ।

प्रदेश, जिल्ला र स्थानीय तहमा सञ्चालित क्वारेन्टाइन, आइसोलेसन कक्ष, अस्पताल, कोरोना विशेष अस्पतालमा भएका काम कारवाहीको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने र अनुगमनबाट प्राप्त सूचनाको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, प्रतिपक्षी नेपाली काँग्रेसका मोरङ जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता राजीव कोइराला, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ र समाजवादी पार्टी प्रदेश उपाध्यक्ष राजकुमार यादवले हस्ताक्षर गर्नुभएको छ ।

राहत सामग्री हस्तान्तरण
कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन अवलम्बन गरिएको लकडाउनबाट विपन्न वर्गको दैनिकी सञ्चालनमा सहयोग पु¥याउन मोरङ व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले खाद्य सामग्री सहयोग गरेको छ ।

सम्पूर्ण आर्थिक गतिविधि ठप्प हु“दा दैनिक श्रम गरी परिवार पाल्ने वर्गलाई पर्न गएको अप्ठयारो परेका बेला ती संस्थाले रु। २४ लाख बराबरको खाद्य सामग्री उलब्ध गराएका हुन् ।
सो राहत सामग्री प्रदेश सरकार मार्फत् एक हजार ३०० पोका विराटनगर महानगरपालिका मार्फत् ३५० पोका, दुहबी नगरपालिका मार्फत् २०० पोका, बुढीगङ्गा गाउ“पालिका मार्फत् १२५ पोका र कटहरी गाउ“पालिका मार्फत् १२५ पोका वितरण हुने व्यवस्था मिलाइएको छ । ती सामग्री उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले संयुक्त रुपमा प्रदेशका मुख्यमन्त्रीलाई शेरधन राइलाई हस्तान्तरण गर्नुभएको थियो ।
सोलुखुम्बुमा विपन्न परिवारको पहिचान गरिँदै

सोलुखुम्बुमा लकडाउनका कारण प्रभावित अति विपन्न परिवारलाई राहत दिन त्यस्त परिवारको पहिचानमा स्थानीय तह जुटेको छ । नेपाल सरकारले घोषणा गरेको राहतको प्याकेज वितरणको व्यवस्था गर्न यहाँका आठ स्थानीय सरकारले पहल थालेका हुन् ।

नेपाल सरकारको निर्णय गर्नुपुर्व नै आफ्नै तर्फबाट राहतको प्याकेज घोषणा गरेको थुलुङदुधकोशी गाउँपालिकाले अहिलेसम्म २ सय ९५ जनालाई दैनिक उपभोग्य बस्तु वितरण गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईका अनुसार वडा नं। ३ को पञ्चन, वडा नं। को ६ मुक्लि, वडा नं। ४ र ५ को जुबु, वडा नं। को ७ देउसा र वडा नं। १ नेलेका अति विपन्न र ज्यालादारी कामदारलाई राहत वितरण गरिएको छ ।
जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले पनि केही दिनमा तथ्याङ्क सङ्कलन गरिसक्ने जनाएको छ । नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले व्यक्तिगत रुपमा करिब १ सय ५० जना अति विपन्न, ज्याला मजदुरी गर्नेलाई दैनिक उपभोग्य वस्तु वितरण गरिसक्नुभएको छ ।

लामोजुरापारीको गाउँपालिका, लिखुपीकेले भने पाँच दिनभित्र राहत दिने गरि काम गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले गाउँपालिकाभित्र करिब १ सय ५० घरधुरी अति विपन्न परिवार हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।

नेचा सल्यान गाउँपालिकाले पनि अति विपन्न र दीर्घरोगीको तथ्याङ्क सङ्कलन गरिरहेको छ । गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोलाले औषधी उपचारमा समेत असर पर्ने भन्दै कार्यपालिका बैठकले दीर्घरोगीलाई एक महिनाको औषधिका लागि आफूहरुले प्रबन्ध गर्ने जानकारी दिनुभयो ।

कोशीपारीको गाउँपालिका सोताङ गाउँपालिकाले पनि अत्तिविपन्न तथा ज्यालादारी गर्ने परिवारको लगत सङ्कलन शुरु गरेको छ । गाउँपालिकाले लकडाउनमा अत्यन्त समस्यामा परेका विपन्न परिवारलाई आवश्यक खाद्यन्न वितरण गर्न लगत सङ्कलन सुरु गरेको अध्यक्ष वीरबहादुर राईले बताउनुभयो ।
महाकुलुङ गाउँपालिकाले पनि लगत सङ्कलनलाई तीव्रता दिएको छ । गाउपालिका अध्यक्ष सागर किरातीले राहतको प्याकेजको बारेमा भने सोमबार बस्ने कार्यपालिका बैठकले निर्णय गर्ने जनाउनुभयो ।
माप्यदुधकोशी गाउँपालिकाले पनि तथ्याङ्क सङ्कलनको कार्य सुरु गरेको छ । गाउँपलिका उपाअध्यक्ष जुनिता माया मगरले वडास्तरबाट घरधुरी पहिचान सुरु गरिएको जनाउनुभयो । वडा कार्यालयबाट पहिचान भएका परिवारलाई ३० केजी चामल, पाँच केजी दाल, १ केजी नुन, एक लिटर खाने तेल उपलब्ध गराउने उपाध्यक्ष मगरले बताउनुभयो ।