गैंडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु


हरेकपल April 6, 2020

चितवन, २४ चैत । गैंडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २२, पटिहानी, बोटेटोल बस्ने ३९ वर्षका पूर्णबहादुर कुमाल रहेका छन् ।

सोमबार घरनजिकैको सामुदायिक वनमा निउरो टिप्न जाँदा उनलाई गैडाले आक्रमण मृत्यु भएको हो । कुमालको घटनास्थलमै मृत्यु भएको र हाल मुचुल्का उठाउने काम भइरहेको छ ।

उक्त सामुदायिक वन निकुञ्जको नजिकै पर्छ । अधिकांश बोटे, थारु समुदाय यो समयमा निउरो टिप्न वन जाने गर्छन् ।