सिसाको घर भित्रबाट कोरोनालाई पत्र


हरेकपल April 6, 2020

अदृष्य कोरोना !
हिजो आज किन किन
मन त्यसैत्यसै आत्तिदै छ
बिस्तारै शरीर पनि शिथिल हुदैछ
साँझ पख झ्यालबाट बाहिर हेर्छु
बसन्ती हावा सुस्तरी चलीरहेको छ
रुखका नविन पलुवाहरु हल्लिरहेका छन
पश्चिम क्षितिजमा घाम ढुब्न लागिरहेको छ
तिम्रो आगमनले
विश्व आक्रान्त छ
सहर भयभित छ
मान्छेहरु
जीवनको भिख मागिरहेका छन
लकडाउनमा
घरभित्रै बन्दी हुनु पर्दा
गोलघर भित्रको बन्दी जीवनका
धुमिल स्मृतिहरु आँखाभरी सल्बलाउँछन
फिक्का लाग्छन
लय चुढिएका जीवनका गीतहरु

कोरोना !
यो महासंकटमा
विश्वास गरेकाहरुले धोका दिए
आफन्तहरु पनि पराई भए
ढिकुटीमा लामालामा हात ढुबाएर
रित्याउनेहरुलाई
पटक पटक भनिदिनु परेको छ
उनीहरु साधु हुन्
विषम परिस्थितिको मौका छोपेर
कोही कुर्सी हत्याउने दाउमा छन्
कोही खुसीले रमाईरहेका छन्

कोरोना !
अब त,
कुर्सी पनि घाडो हुन थाल्यो
छोडौं भने पनि मान्दैन मन
नछोडौं भने पनि धर्मराएको विश्वासले
कति दिन समाउन सक्ला जीवनको डोरी ?

लाखौं लाख बिन्ती छ कोरोना !
आउँदै नआउँनु पशुपतिनाथको देशमा
बरु रमाउनु भूस्वर्ग तिरै
यदि तिमी आयौं

सिसाकै घर भित्र पस्यौं भने
सिसा जस्तै टुट्ने छन्
देशका सपनाहरु ।