आज पूर्णिमाव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् २०७६ चैत्र २४ गते


हरेकपल April 7, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको २५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको ७ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्र शुक्लपक्षको चतुर्दशी तिथि दिवा ११।१८ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराफाल्गुनी नक्षत्र बिहान ८।३३ बजेसम्म रहनेछन् । यसैगरी आज ध्रुव योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।५५ मा छ भने सूर्यास्त बेलुका ६।२४ बजे हुनेछ । चन्द्रमा आज कन्या राशिमा छन् ।


आज पूर्वामाव्रत परेको छ । पूर्णिमाव्त रात्रिव्यपिनी हुने भएकाले जुन रात्रिमा पूर्णिमा तिथिको अधिक भाग रहन्छ त्यही दिन पूर्णिमा व्रत रहने गर्दछ । पूर्णिमा व्रतमा चन्द्रमाको विशेष पूजा हुने गर्दछ ।