कोरोना भाइरसका कारण लिबियाका पूर्वप्रधानमन्त्रीको मृत्यु


हरेकपल April 7, 2020

एजेन्सी, २५ चैत । लिबियाका पूर्वप्रधानमन्त्री मोहमोद जिब्रिलको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ । उनी सन् २०११ मा अन्तरिम सरकारका प्रमुख थिए ।

उनी मार्च २१ मा हृदयाघातका कारण अस्पतालमा भर्ना भएका थिए । उनलाई त्यसको तीन दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।

६८ वर्षीय जिब्रिल दुई सातादेखि अस्पतालमा थिए । उनको आइतबार इजिप्टको कायरोमा मृत्यु भएको हो ।

लिबियामा अहिलेसम्म १९ जनामा यो भाइरसको संक्रमण देखिएको छ । कोराना भाइरस संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।