कालोबजारीको आरोपमा जगदम्बा स्टिलका मालिक अग्रवाल पक्राउ


हरेकपल April 7, 2020

काठमाडौं, २५ चैत । कालोबजारीको आरोपमा प्रहरीले जगदम्बा स्टिलका मालिक सुलभ अग्रवाललाई पक्राउ गरेको छ । उनी शंकर ग्रुपका अध्यक्ष हुन् ।

प्रहरीले अग्रवाललाई मंगलबार दिउँसो न्युरोडबाट पक्राउ गरेको हो । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको अभियोग अग्रवालमाथि छ ।

अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खाजेको अपराध महाशाखाले जनाएको छ । उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको एक प्रहरी अधिकृतले बताए ।