कांग्रेस सभापति देउवाद्वारा बेलायतका प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना


हरेकपल April 7, 2020

काठमाडौं, २५ चैत । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

मंगलबार ट्विटरमार्फत देउवाले उनको स्वास्थ्यलाभको कामना गरेका हुन् । ट्विटरमा बेलायती प्रधानमन्त्री जोनसनलाई मेन्सन गर्दै सभापति देउवाले शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोलगायत विश्व नेताहरूले पनि जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘शीघ्र स्वास्थ्य सुधारका लागि शुभकामना छ,’ देउवाले भनेका छन्, ‘म उहाँको सु–स्वास्थ्यका लागि कामना गर्दछु ।’

कोरोना भाइरस संक्रमणका कारण बेलायती प्रधानमन्त्री जोनसन सघन उपचार कक्षमा उपचाररत छन् ।