मनका छ शत्रु के के हुन् ? हेर्नुहोस् आजको नीति वचन


हरेकपल April 8, 2020

त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मनः ।
कामः क्रोधस्तथा लोभस्तस्मादेतत्त्रयं त्यजेत् ।।
–विदूर नीति

मनमा रहने छ प्रकारका शत्रु काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य(ईष्र्या वा डाह) हुन्, जो सदा त्याज्य छन् ।


मनमा छ प्रकारका शत्रुको निवास रहेको हुन्छ । यिनै शत्रुले हाम्रा दैनन्दिनी जीवनलाई असहज बनाइरहेका हुन्छन् । मनको पहिलो शत्रु भनेको काम हो । कामाशक्तिले मनलाई विभ्रममा पारिरहेको हुन्छ । यसैगरी अर्को शत्रु भनेको क्रोध हो । क्रोधले मान्छे स्वयंलाई जलाउने गर्दछ । यसैगरी मनको अर्को खराब शत्रु लोभ हो । लोभले गर्दा मान्छे अनेकौँ दुःखमा फसिरहेको हुन्छ । यसैगरी महात्मा विदुरले मोह अर्थात् मायालाई पनि मनको शत्रु मानेका छन् । यसैगरी मनको अर्को शत्रु मद पनि हो । मद भनेको कुनै पनि वस्तु प्रतिको गौरव भावपूर्ण अहंकार हो । धनको मद, वैँसको मद, विद्याको मदोन्मत्त मान्छेले अरुलाई गन्न सक्दैन र स्वयं अधोगतितर्फ लम्किन पुग्छ । यसैगरी छैटौँ मनको शत्रु भनेको मात्सर्य हो । मात्सर्य भनेको ईष्र्या भवा हो । डाह वा ईष्र्याले पनि मनलाई विचलित गराइरहेको हुन्छ । अतः यस्ता छ वटा मनका शत्रु सदा त्याज्य छन् भन्ने चाणक्य वचन मननीय छ ।