आइतबारबाट ग्यास पूरा भरिएको सिलिन्डर पाइने


हरेकपल April 8, 2020

काठमाडौं, २६ चैत । सरकारले लकडाउन सुरु गरेपछि आयल निगमले आधा मात्रै सिलिन्डर ग्यास वितरण सुरु गर्न निर्देशन दिएकोमा अब आइतबारबाट भने प्रूरा भरिएको ग्यास सिलिन्डर नै पाइने भएको छ ।

नेपाल आयल निगम सञ्चालक समितिको बुधबारको बैठकले १४.२ किलो (पूरै भरिएको) को सिलिण्डर ग्यास बिक्री वितरण खुला गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै उपभोक्ताले पूरै भरिएको ग्यास सिलन्डिर पाउने भएका हुन् ।

एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेका अनुसार बजारमा भएका आधा मात्रै भरिएका सिलिन्डर बिक्री सकिएपछि आइतबारबाट भरी सिलिन्डर ग्यास बिक्री हुनेछ । निगमले सबै ग्यास उद्योगलाई बिहीबारदेखि नै भरी सिलिन्डर ग्यास भर्न निर्देशन दिएको छ ।

यसअघि निगमले चैत १२ गते आधा सिलिन्डर ग्यास बिक्री–वितरण गर्ने निर्णय गरेको थियो । निगमले चैत १६ गतेदेखि मुलुकभर आधा सिलिन्डर मात्रै ग्यास बिक्री गरेको थियो ।