कोरोना भाइरस रोकथामका लागि मेगा बैंकको एक करोड ३५ लाख सहयोग


हरेकपल April 8, 2020

काठमाडौं, २६ चैत । कोरोना भाइरस रोकथामका लागि मेगा बैंक नेपाल लिमिटेडले ७ वटै प्रदेशलाई ५–५ लाख रुपैयाँ सहयोग गरेको छ । मेगा बैंकले यसअघि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ सहयोग गरिसकेको छ ।

यसअघि ६ वटा प्रदेशमा रकम दिएको बैंकले बुधबार प्रदेश नम्बर ५ लाई पनि सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैयाँको चेक दिएका छन् ।

मेगा बैंक सञ्चालक समितिको निर्णयअनुसार बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५–५ लाख गरी ३५ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो ।