उपभोग्य सामग्री नपाएमा ०१४२४६३८९ वा ९८४८४४४९४४ मा फोन गर्नुस्, आइपुग्छ घरमै सामान


हरेकपल April 8, 2020

काठमाडौं, २६ चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई खाद्यवस्तु ‘होम डेलिभरी’ गर्ने भएको छ । कम्पनीले ई–कमर्सको अवधारणअनुरुप अनलाइन पर्चेज सेवा सञ्चालनमा ल्याएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी साबिकको खाद्य संस्थान र नेसनल ट्रेडिङ कम्पनीलाई मर्ज गरेर बनाइएको पूर्ण सरकारी स्वामित्वको कम्पनी हो ।

कम्पनीले हालका लागि चक्रपथभित्र मात्र अर्डर डेलिभरी गर्ने जनाएको छ । उपभोक्ताले अर्डर कन्फर्म भएको भोलिपल्टसम्ममा डेलिभरी पाउने कम्पनीले दाबी गरेको छ ।

सो सुविधा लिनका लागि उपभोक्ताले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको अनलाइन पोर्टलमा गएर कम्पनीको पोर्टल ‘नेपालफुडडटजिओभीडटएनपी’मार्फत  आफूलाई आवश्यक वस्तु अर्डर गर्न सक्नेछन् । 

सो सेवा लिनका लागि उपभोक्ताले न्यूनतम २ हजार रूपैयाँको अर्डर गर्नुपर्नेछ भने भुक्तानी नगद वा ई–पेमेन्ट गर्न सकिन्छ । कम्पनीले उपभोक्तालाई ई–पेमेन्ट विधि अपनाउन आग्रह गरेको छ ।

यसबारे थप जानकारीका लागि कम्पनीले अञ्चल कार्यालय, काठमाडौंमा सम्पर्क गर्न तथा ०१४२४६३८९ वा ९८४८४४४९४४ टेलिफोन गर्न आग्रह गरेको छ ।