आज बिहीवार, कस्ता कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७६ चैत्र २७ गते


हरेकपल April 9, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको ९ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको प्रतिपदा तिथि बिहान ६।२९ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । स्वाती नक्षत्र राति ३।४३ बजेसम्म रहनेछन् । यसैगरी आज हर्षण योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।४६ मा छ भने सूर्यास्त बेलुका ६।२६ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् ।


आजबाट वैशाखकृष्णपक्षको आरम्भ भएको छ । यसैगरी आज बिहीवार दुर्गा भगवतीको उपासनाका साथै दुर्गा भगवतीको स्तोत्रपाठ लाभदायी रहनेछन् । यसैगरी आजबाट आनन्द नामको संवत्सर पनि आरमम्भ भएको छ । तर चान्द्रवर्षको आरम्भमा प्रमादी नामको संवत्सर रहेकाले वर्षभरि नै प्रमादी नामको उच्चारण गरिन्छ ।