अलसस्य कुतो विद्या अविद्यस्य कुतो धनम् ।
अधनस्य कुतो मित्रं अमित्रस्य कुत सुखम् ? – हितोपदेश
अल्छी गर्नाले विद्या प्राप्त हुन सक्दैन । विद्या नभएपछि धन पनि कमाउन गाह्रो हुन्छ । धन नहुँदा मित्रजनले पनि पत्याउदैनन् । यसरी मित्रजनले पनि नपत्याए पछि सुख कसरी हुन सक्छ ? त्यसैले जीवनमा सुख प्राप्त गर्नका निम्ति अल्छी पनलाई त्याग्नु पर्दछ । अल्छी पन जीवनको शत्रु, उन्नति र प्रगतिको बाधक हो । जीवनमा उन्नति गर्नका निम्ति जाँगरिलो बन्न सक्नु पर्छ भन्ने नीति वचन मननीय छ ।