उपत्यका बाहिर जान चाहनेलाई शुक्रबार र शनिबार जान दिने सरकारको निर्णय


हरेकपल April 9, 2020

काठमाडौं ,२७ चैत । काठमाडौंमा लकडाउनका कारण रोकिएर बसेकाहरुलाई सरकारले शुक्रबार र शनिबार बाहिर जान दिने निर्णय गरेको छ । आज रक्षा मन्त्रालयमा बसेको मन्त्रीहरूको बैठकले मापदण्ड बनाएर दुई दिन उपत्यकाबाहिर जान चाहनेलाई जान दिने निर्णय गरेको हो।


गत चैत ११ गतेबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट नजिकको जिल्लामा हिडेर जान थालेपछि सकारले यस्तो निर्णय गरेको बताइएको छ । उपत्यका बाहिर जान सरकारले तोकेका सार्वजनिक सवारी साधन मात्र चल्ने बाताइएको छ ।