कैलाली र कञ्चनपुरबाट संकलित ६६ जनाको नमुना परीक्षणमा कोरोना संक्रमण नेगेटिभ


हरेकपल April 9, 2020

काठमाडौं,२७ चैत । कैलाली र कञ्चनपुरबाट सरकारले संकलन गरी ल्याएका ६६ जनाको नमुना परीक्षण गर्दा तिनीहरुमा कोरोना भाइरस संक्रमण रिपोर्ट नेगेटिभ आएको छ ।

धनगढीमा स्थानीयमा पनि संक्रमण देखिएपछि सरकारले क्वारेन्टाइनमा रहेका एक सय ९८ जनाको नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ल्याएको थियो ।

काठमाडौं ल्याएकामध्ये ६६ वटा नमुनाको परीक्षण सकिएको र सबैको रिपोर्ट नेगेभिट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

सरकारले काठमाडौं उपत्यकाका क्वारेन्टाइन स्थलमा रहेकाहरुको पनि परीक्षण गर्ने तयारी गरिरहेको देवकोटाले जानकारी दिएका छन् ।