काङ्ग्रेस क्षेत्रीय सभापति बस्नेतले एम्बुलेन्स चालकका लागि पिपिइ सेट सहयोग गरे


हरेकपल April 9, 2020


सिन्धुपाल्चोक, चैत्र २६ । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता बालकृष्ण बस्नेतले खाडिचौर बचत तथा ऋण सहकारी संस्थाबाट सञ्चालित एम्बुलेन्स चालकलाई पिपिई सेट सहयोग गरेका छन् । काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर एकका क्षेत्रीय सभापति रहेका बस्नेतले एम्बुलेन्स चालकका लागि सो पिपिइ सेट सहयोग गरेका हुन् ।

बुधबार बस्नेतले एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र नेपाललाई सो पिटिई हस्तान्तरण गरेका हुन् । संक्रमित बिरामी ओसारपसार गर्दा चालकसमेत संक्रमित हुने देखिएपछि सहयोग गरिएको सभापति बस्नेतले बताए ।

त्यस्तै पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भोटेकोसी गाउपलिकाका गाउँपालिकाभित्रका सबै वडाहरुको लागि स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उनले वडा नम्बर ४ का वडा अध्यक्ष साङदोर्जे शेर्पालाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

सिन्धुपाल्चोकका स्वास्थ्य संस्था, एम्बुलेन्स चालक र प्रहरीसमेतलाई बस्नेतले पिपिई सेटसहित आवश्यक मेडिकल सामग्री सहयोग गर्दै आएका छन् ।