आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७६ चैत्र २८ गते


हरेकपल April 10, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको २८ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको १० तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको तृतीया तिथि राति २।९ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । विशाखा नक्षत्र राति २।२३ बजेसम्म रहनेछन् । यसैगरी आज वज्र योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।४६ मा छ भने सूर्यास्त बेलुका ६।२६ बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा छन् ।


आज शुक्रवार इन्द्रायणी भगवतीको उपासना लाभदायी रहनेछ । यसैगरी आज सृजनात्मक कार्यमा पनि सफलता मिल्ने दिन हो । सेता वस्तुको प्रयोग आज विशेष फलदायी रहनेछ ।