कोरोना उपचार कोषमा नेशनल लाइफ इन्स्योरेन्सको ५१ लाख सहयोग


हरेकपल April 10, 2020

काठमाडौं, २८ चैत । नेशनल लाइफ इन्स्योरेन्सले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख सहयोग गरेको छ ।

नेशनल लाइफ सञ्चालक समिति अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई शुक्रबार उक्त रकमबराबरको चेक प्रदान गरेकी हुन् ।

चेक हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको सञ्चालक समितिका सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो ।

कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको र यसबाट कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहको उपचारमा मद्दत पुग्ने विश्वास गरेको छ ।