डेरामा बसेका विद्यार्थीलाई कीर्तिपुर नगरपालिकाले राहत दिने


हरेकपल April 10, 2020

काठमाडौं, २८ चैत । डेरा गरेर आफ्नो नगरपालिकाभित्र बसेका विद्यार्थीहरूलाई कीर्तिपुर नगरपालिकाले राहतको व्यवस्था गर्ने भएको छ ।

नगरपालिकाले बिहीबार एक सूचना जारी गरी डेरामा बस्ने तथा खाद्यान्नको समस्या भएका विद्यार्थीलाई राहतका लागि फारम भर्न आग्रह गरेको छ ।

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले लकडाउनका कारण घर जान नपाएका र खाद्यान्नको समस्या भएका विद्यार्थीलाई राहत दिन लागेको बताएका छन् । त्यसका लागि आइतबारसम्ममा लगत संकलन गर्ने र सोही आधारमा राहत दिने उनको योजना छ ।

नगरपालिकाको वेबसाइट kirtipurmun.gov.np मा राखिएको फारम भरी वडा कार्यालयमा सम्पर्क गर्न विद्यार्थीहरुलाई आग्रह गरेको छ । फारम भर्दा विद्यार्थी परिचयपत्र र नागरिकताको फोटोकपी अनिवार्य बुझाउनुपर्ने प्रावधान राखिएको छ ।