श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको २९ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको ११ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको चतुर्थी तिथि राति १२।२२ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अनुराधा नक्षत्र राति १।२० बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ५।४५ मा छ भने सूर्यास्त बेलुका ६।२६ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।
आज शनिवार शिवजीको उपासनाका साथै ॐ शं शनिश्चराय नमः भन्ने मन्त्र जप लाभदायी रहनेछ । यसैगरी शनिमृत्युञ्जयको पाठ पनि आज फलदायी रहनेछ ।