आयो आयो…


हरेकपल April 11, 2020

महामारीले लौ सातो नै लान्छ कि
आयातीतले नेपालै खान्छ कि
आयो, आयो महामारी आयो
विश्वलाई नै त्रसित बनायो ।

पेट दुख्दा उपचार थाइराइडको
आतङ्क छ विश्वमा भाइरसको
आयो, आयो महामारी आयो
विश्वलाई नै त्रसित बनायो ।

तर्साउन चाहिन्न केही अरू
थन्क्याऊ अब परमाणु बमहरू
आयो, आयो महामारी आयो
विश्वलाई नै त्रसित बनायो ।

एकपछि अर्कोमा चाहारेर
सबैलाई बन्धनमा पारेर
आयो, आयो महामारी आयो
विश्वलाई नै त्रसित बनायो ।

कोरोनाको यो कस्तो कहर भयो
ढोकाबाट चिहाउनै डर भयो
आयो, आयो महामारी आयो
विश्वलाई नै त्रसित बनायो ।

कोरोनाले सबै देश चाहारेको
मै हुँ भन्ने ठूलाले पनि हारेको
आयो, आयो महामारी आयो
विश्वलाई नै त्रसित बनायो ।

धनी र गरिब कोही पनि भन्दैन
मान्छे–मान्छेबीच भेदभाव गर्देन
आयो, आयो महामारी आयो
विश्वलाई नै त्रसित बनायो ।