संसार


हरेकपल April 11, 2020

सत्य र असत्यको युद्ध चलिरहन्छ,
युगौदेखी सधैं सत्यकै बिजय छ,
प्रकृतिले आफ्नो धर्म निभाइरहन्छ,
मानबले आफ्नो कर्तव्य पालना गर्दै जानू छ।

चराहरु उडिरहन्छ,नदि निरन्तर बगिरहन्छ,
घाम लागिरहेको छ,जुन चम्किरहेको छ,
हावा चलिरहन्छ,समय निरन्तर चलिरहन्छ,
दु:ख- सुख आइरहन्छ,समय बितिरहेको छ।

स्वर्ग पनि यहीँ छ, नर्क पनि यही धर्ती मै छ,
जिउन जान्नेहरु पुजित छ, नजान्नेहरु दुखित छ,
यहीँ पाप छ,मुक्ति र धर्ममार्ग पनि यहि छ,
सबैको जीवन स्वतन्त्रपुर्बक बाच्नु र बचाउनु छ।

दुःख-सुख प्राकृतिक नियम नै हो,
रोग र शोक संग हामीले लडदै जित्ने हो,
नयाँ बिहानीले फेरि उत्साह-उमंग ल्याउने नै छ,
संसारमा सुख- शान्ति-समृद्धि फेरि फैलाउनु छ।