आज आइतवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७६ चैत्र ३० गते


हरेकपल April 12, 2020


श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल चैत्र महिनाको ३० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको १२ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२०(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२०) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२० औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको पञ्चमी तिथि राति १०।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता विष्णु र मासदेवी रमा हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । ज्येष्ठा नक्षत्र राति १२।३८ बजेसम्म रहनेछन् । यसैगरी आज वरियन योग र कौलव करण रहेका छन् । आज सूर्योदय बिहान ५।४४ मा छ भने सूर्यास्त बेलुका ६।२७ बजे हुनेछ । चन्द्रमा आज वृश्चिक राशिमा छन् ।


आज आइतवार सूर्य भगवान्को उपासनाका साथै राता वस्तुको प्रयोग लाभदायी रहनेछ । यसैगरी सूर्यजन्य दोष निवारणका निम्ति आज सूर्य भगवान्लाई अर्घदानकासाथै आदित्यहृदयस्तोत्र पाठ पनि शुभ फलदायी रहनेछ ।