नयाँ बर्ष – २०७७ को शुभकामना सहित जीवन दर्शन


हरेकपल April 12, 2020

१ बैशाख सोमबारबाट हामी बि. सं. २०७७ सालमा प्रबेश गर्दै छौ । यतिबेला हामी सबै नेपाली दाजु भाइ , दिदी बहिनीहरु कोरोना भाइरस कोभोड १९ विरुद्ध आ- आफ्नै घर घरमा लकडाउनमा बसिरहेका छौ । हामी लकडाउनमा बसेको २१ औ दिन हुदैछ । अझै केहिहप्ता हामी कोरोना विरुद्ध लकडाउनको मर्यादामा बस्नु जरुरी देखिएको छ । नव बर्षको आजको परिवेस र उपलक्ष्यमा परमात्माको अनुकम्पाले स्वदेश बिदेश रहनु भएका सार्बभौमसत्ताका मालिक संपुर्णा दाजु भाइ ,दिदी बहिनीहरुमा परमात्मा भगवान कै तर्फबाट सुख ,शान्ति ,समृद्धि ,सुस्वास्थ्य एबं दिर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

म त केवल ईश्वर भगवान परमात्माको निमित्त मात्र हुँ । यथार्थमा हामी सबै मानव निमित्त नायक मात्र हौ । हामिले आज यो यथार्थ र परम सत्यलाइ बुझ्नु जरुरी छ । तपाईं र म यो संसारमा जे गर्दै छौ , जे गर्ने छौं उनै परमात्मा भगवान को आदेश र निर्देशन गरिरहेका छौ । इस्वरिय आदेश र अनुमती बेगर हामी त के यो संसारमा एउटा पात पनि हलिदैन । यसमा हामिले अनुभुति र महसुस कति गर्न सक्छौ ? सवाल त्यतीमात्र हो ।

हाम्रो जीवन परमात्मा भगवानको अमुल्य उपहार हो । हामीले कहिल्यै यश तर्फ सोचेनौ । परमात्माको आदेश र अनुमती बेगर हामी एक कदम पनि अघि बडन सकदैनै । हाम्रा श्वास प्रस्वास , गतिविधि र सबै भुमिकाहरु उनै परमात्मा द्वारा निर्देशित र नियन्त्रीत हुन्छ्न । हामी मानिस केबल मैले गरें मैले गराएं म मात्र ठिक अरु सबै बेठिक भने अहमता दंभ र घमण्ड भरिएको छौ । यो भ्रम मात्र हो ।

आज संसार भरिका हामी मानिसहरु लाई सोच्न बाध्य पारेको छ परिस्थिति ले । सारा पशु , पंछी र जनावर निर्बाद रुम खुल्ला आकास र धर्तीमा घुमिरहेका छ्न । बिस्वबिजेता मानिस आज घरमा कैद छ , कोरोना भाइरस कोभिड -१९ को कारण ।

महान शक्तिराष्ट्र अमेरिकी रास्ट्रपति डोनाल ट्रम्प , चीनिया रास्ट्रपति सि जिन पेङ , रसियन रास्ट्रपति भ्लादिमिर पुटिन , भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी , फ्रान्स , जर्मन , इटालि का सरकार प्रमुख एबं राष्ट्र प्रमुखहरुलगायत संसार भरिका मानव आज आतंकित चिन्तित रहेका छ । कोरोना भाइरस कोभिड -१९ कारण आज तपाई ,म लगायत सारा विश्व अक्रान्त , आतंकित र चिन्तित छौ ।

यो परिवेश र पृष्ठभुमिमा हामिबिच आइरहेको नयाँ बर्ष को कुनै उत्साह ,उमंग , जोश र जांगर छैन ता पनि यतिबेला हामिले आफुलाइ आफैले बलियो र उर्जावान बनाउनुको बिकल्प छैन । अन्तरमुखी ,आत्मासंयमित हुँदै उनै परमात्मा भगवान प्रती आफुलाइ समर्पण गरेर जीवन र जगत दार्शनिक एबं धार्मिक रुपमा नियाल्नु जरुरी छ ।

यो नयाँ बर्ष -२०७७ लाई हामिले नयाँ तौरतरिका ले आत्मसात गर्नु पर्ने भएको छ । म र तपाईंको सार्बभौमसत्ता को उनै परमात्मा भगवानलाइ धन्यबाद दिदै हाम्रो आफ्नो ,परिवारको ,समाज ,रास्ट्र र विश्व को बाकी जीवन संचालन र ब्यबस्थापन को जिम्मेवारी उनै परमात्मा भगवान लाई समर्पण गर्नु अत्यावश्यक भएको छ । आफू सदा सकारात्मक , रचनात्मक र उर्जाशिल हुँदै निरन्तर सक्रिय रहनुमा नै हामी सार्थक र सबल हुन सक्दछौ ।

आफ्नो धर्म , संस्कृति परिमार्जित परंपरा सामाजिक संस्कार अबलम्बन गर्दै सादा जीवन उच्च बिचारमा आफुलाइ ढाल्न सक्यौ भने यो लकडाउन हाम्रो लागि एउटा अवसर पनि हो ।
आफुलाई सदा निमित्त संझेर उनै इस्वर परमात्मा प्रती हामी समर्पित र समाहित हुन सक्यौ भने हाम्रो मानव जीवन सफल , सबल र सक्षम रहने छ । यो नयाँ बर्षमा म भित्रको म को खोजीमा हामी लाग्न सकौ । आफै भित्र ब्रम्ह ,परम ब्रम्ह र पुर्णब्रम्ह को पहिचान गरौ । श्रीमद्भागवत गिता १७ अध्यायकाे २३ औ श्लोकको मर्म र भावना ॐ तत सतलाई आत्मसात गरौँ । यसले जिवनको अन्तर ज्योतीलाइ प्रज्वलित गर्ने छ । तपाईं हाम्री जीवन सार्थक र सफल रहने छ । आफुलाइ आत्मिक , दार्शनिक र सामाजिक रुपम सबल र सक्षम बनाऔ ।

आफुले गरिरहेका पेशा ,ब्यबशाय र कामकारबाहीहरु अझ उत्साह र उमंगका साथ अगाडि बडाऔ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लाई आधुनिक र समुन्नत बनाउन हामी सबल र सक्षम हुने छौ ।

नयाँ बर्ष -२०७७ को पुन : सबैमा उनै परमात्माकै तर्फबाट सुख , शान्ती , समृद्धि र दिर्घायुको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै , लकडाउन मर्यादालाइ अझ कठोर र संयमताका साथ अबलम्बन गरौ । जीवन रहेमात्र जगत रहन्छ । जगत रहेमात्र मानव सभ्यता । म र मेरो अनि तपाइको सार्बभौमसत्ता को लागि परमात्मा लाई हार्दिक आभार ब्यक्त गर्दछु ।
नयाँ बर्ष २०७७ साल ,समृद्ध र लोकतान्त्रिक नेपाल ।।

३० चैत्र २०७६ ।

लेखक – पत्रकार एबं राप्रपाका केन्द्रीय प्रबक्ता हुन ।