‘काेराेनाले उडाएको सपना’


हरेकपल April 12, 2020

हावा चलिरहेछ ! बसन्त ऋतुकाे आगमनले फूलहरू फुलिरहेछन् रङ्गिन भएर । पालुवा पलाएर वरपरका डाँडा काँडा हरिया देखिएका छन् ! आकाशमा चराहरू उडिरहेछन् स्वतन्त्र भएर ! तर मान्छे हतास भएको छन् ! टुटेका छन् । नयाँ वर्षले घुम्टाे उठाएकाे छ तर मान्छेकाे नुर गिरेकाे छ !

अरवाै मान्छेका सपनासँगसँगै मेरा र हाम्रा सपना पनि काेराेना भाईरसकाे चपेटामा पर्याे ! तर अरूका दु:खका अगाडि हाम्रो सपना न त त्यति ठुलो हाे न त अब कहिल्यै पूरा नहुने हाे ! मनलाई ढाडस दिदा दिदै सितल हुन्छ !

देशको अर्थतन्त्र धारासायी हुदै गर्दा दीपक जी र मेरो ( पाइलाका चुम्बन र प्रसान्तकाे तीरैतीर ) प्रकाशनकाे तयारीमा रहेका किताब छापिएर आउलान् त ? मान्छेलाई पेट कसरी भर्ने भन्ने दिन आउदै गर्दा के पुस्तक पढेर बस्ला त मान्छे ? ओहो लेखन राम्रो हुदाँहुदै पनि पुस्तक लेख्न झक्झक्याउदा झक्झक्यादा बल्लबल्ल राजि भएर तयार गर्नु भएको पुस्तक गर्भ मै तुहिने त हाेईन ? दुबैजनाकाे पुस्तक एकैपटक प्रकाशन र विमाेचन गर्ने मेरो रहर रहरै मात्र हुने हाे के ?

बाईस वर्ष पछि मेरो परिवार ( माईती तिर ) एकै ठाउँमा जम्मा हुने याेजना थियो ! तेस्राे पुस्ताकाे पहिलो विवाह हुदै थियो ! यसैले सबैकाे मनमा खुशी र उत्साह थियो ! बुबा आमा छिटो जाने हुदा विवाहका लागि आवश्यक सामान किनिए ! अरूका दिदीबहिनीले प्राय उस्तै रङ्गका कपडा लागाएकाे देख्दा हाम्राे मनपनि कल्पिएकाे हुदाे हाे ! रहरहरू टुसाउनै नपाएको हाम्रा बालापन फर्काउन हामीले पनि उस्तै लुगा किन्याै ! रहरहरूले पंखेटा हाल्दै थिए ! भिषा दिने र रिजेक्ट गर्ने काम एम्बेस्सीकाे मात्र जस्तो लाग्दथ्याे तर हाेईन रहेछ उ भन्दा पनि सानाे काेराेना भाईरस ठुलो भएर आयाे । हातमा भिषा भएर पनि हामी रिजेक्ट भयाै ! एम्बेस्सी निकम्मा बन्याे ! छाेरीकाे विवाह स्थगित भयो !

घुर्मैला सपनाहरू कति देखिए कति ! बेलायत र युरोप तिरका मात्रै हाेईन खप्तड , रारा र पाथीभरा यात्राका एकपछि अनेक विकल्प तयार थिए ! तर ती त कर्कलाकाे पानी जस्तै भए ! सानो हावाकाे झाेक्काले फुटाई दिने ! यस्ले त घर भित्र नजर बन्दमा पाे पार्याे त !

कहाँ सात समुन्द्र पारीकाे सपना कहाँ पुर्व पाथिभरा र पश्चिम खप्तडकाे कल्पना टुटेर घर भन्दा चार पाँचसय मिटर परकाे मन्दिर मात्र हाेईन घर अगाडिको पसल पनि अपरिचित जस्तै भयाे ! मान्छेकाे अनुहार हेर्न कल्पिन पर्याे ! झम्काभेट भयाे नै भनेपनि तर्कन पर्याे ! मान्छे कति शक्तिशाली भन्छ यसरी मृत्युको भयले घर भित्रै थुनिदाे रहेछ ! उफ ! कति अत्यास लाग्दाे समय !

टिभीकाे समाचार हेरी साध्य छैन ! घण्टै पिच्छे काेराेना भाईरसकाे चंगुलमा परेका मान्छेकाे संख्या बढ्दो छ ! मान्छे बेवारिसे बनेर खात लागिरहेछ ! न त विरामी हुदा आफन्तकाे ढाडस पाउनु न त मर्दा एक थुँगा फूल ! कति कठाेर मृत्यु ! कति क्रुर रहेछ याे अदृश्य शक्ति ! अब पनि पैसा र शक्तिकाे हाेड गर्ला कि विगतका संकट जस्तै विर्सेला मान्छेले ? एकान्तबाँस र प्रश्नका हुन्डरीकाे सधैं दाेहाेरी चलेको छ !

अब यसले गिजाेल्ने आर्थिक पाटाे र लिने बाटोले क-कस्का सपना उडाउलान् ! जर्मनीका अर्थमन्त्रीले जसरी आफ्नाे जिम्मेवारी सवाल्न नसकेर कतिले मुक्तिकाे बाटो राेज्लान सम्झदा आङ जिरिङ्ग हुन्छ !

यति सानो देशमा ८८४ जना सांसद र १५० जना मन्त्रीकाे सभामुख उपसभामुख , प्रदेश प्रमुख का लागि गरिने पाँचाै अरब रूपैयाँ कताबाट आउला ? यिनका सल्लाहकारहरू जस्काे सल्लाहले देशले उधाे गति लिएको थियोे अब तिनले तलब भत्ता कसरी खालान ? आफ्नाे भन्दा चिन्ता उनीहरूकाे सम्झेर जुरुक्क उठ्छु !

फेरि घाेत्लिनछु ! वैदेशिक राेजगारबाट फिर्ता भएकाहरूले सरकारसँग आफुले भुकम्पका बेलामा , चुनाबका बेला , अस्पताल बनाउन पठाएको , उनीहरू विदेश जाँदा खुवाएकाे पैसाको हिसाब मागे भने के हाेला ? जे पर्दा पनि वैदेशिक राेजगारमा गएर हड्डी घाेटिरहेकासँग हात पसार्न पछि नपरेका नेताहरू अहिले उनीहरूलाई स्वदेश फर्काउन पहल नगरेको देख्दा कति आहात भएका हाेलान् ! तिनकाे आवेगकाे पाराे नाप्न र थेग्न सक्लान् के ?

मेलम्चीको आश देखाएर वर्षाै देखिकाे काठमाडौं वासीलाई काकाकुल बनाएर सुनकाे अण्डा पार्ने कुखुरा झै प्रयोग भैरहेकाे के काठमाडौं वासिले नजर अन्दाज गरेका छन् हाेला त ?

आाफ्ना छाेराछाेरी विदेश पढ्न पठाएर बुज्रुवा शिक्षा चाहिदैन भन्दै अल्लारे केटाकेटीलाई युद्धमा आहुति दिएकाे कुराकाे हिसाब नलेलान्त ?

ढिडाे फाँडाे खान नपुग्ने नेताहरूकाे चिया गफ पाँचतारे हाेटलमा हुदै गर्दा मरिमरी काम गरेर हात मुख जाेर्न धाै धाै भएका बर्गले हेरेरै बसिरहलान्त ?

म झसङ्ग हुन्छु न फ्रान्सेली क्रान्ति पाे दाेहाेरिन्छ कि भनेर ! नेताका गलाभरी माला लगाईदिने हात ले ढुङ्गा मुडा र डाडु पनियाे बाेक्लान कि भनेर ?

नभन्दै एक हुल मान्छे कराउँदै आए र जहाजबाट आएकाे क्विन्टल क्विन्टल सुनकाे हिसाब माग्न थाले ! आँफुले तिरेकाे सुका सुका करकाे हिसाब खाेज्न थाले । नेताहरूकाे भागाभाग हुन थाल्याे जसरी जंगबहादुरकाे हत्या पछि जंग खलककाे भागाभाग भएको थियो !

जनताको सेवा गर्छु भन्दै राजनीति गरेर त्यसलाई धन्दा बनाएकाे आराेप लगाउदै भेटिएका नेताहरूलाई छप्क्याउन थाले म डरले थरर काँपे ! झसङ्ग भए ! ओहो मत दिउँसै निदाएको पाे रहेछु ।

कस्तो नराम्रो सपना देखेकाे । उठेर बाथरूम तिर गए ! मन कस्तो कस्तो बन्याे ! आफुँले सपनामा देखेको कुरा दीपकजी (श्रीमान्) लाई सुनाए !

न याे सपनाले सन्देश दिएकाे त हाेेईन ? भ्रष्टाचारको केन्द्र विन्दु नै बालुवाटार भै रहदा र जनताले विश्वास गर्ने कुनै पाटी र नेता नरहदा यो आर्थिक संकट विद्रोह बनेर त निश्कदैन ! फ्रान्सका राजा
लुई साेह्राैं , विलासी रानी मेरी एन्टाेनिट संगसँगै उनीहरूका हजारौं सहयोगीलाई जिलेटिनमा राखेर काटिएकाे इतिहास पढेकाेले पनि पाे हाे कि ! लुई साेह्राैंकाे पालामा पनि बजेटकाे असी प्रतिशत रकम दरवारमै खर्च हुन थालेको थियोे जसरी अहिले राजनीतिक पदमा खर्च हुदै छ !

हैट सपनाले पनि के के देखाउछ ! कुनै बेला सुन्दर रहरहरू बाेकेर आउँछ कति खेर कस्तो डर लाग्दाे हरहर शाे जस्तो !

नयाँ वर्षले हामी कसैका पनि सपनाहरू नटुटुन् ! जीवन सुन्दार बनाेस ! सबैका मनबाट लाेभ , क्राेध र माेहले छुट्कारा पाहाेस् !!