बेलायतका प्रधानमन्त्रीलाई कोरोना निको भयो


हरेकपल April 13, 2020

एजेन्सी, १ चैत । पछिल्लोपटकको परीक्षणमा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमा कोरोना भाइरस संक्रमण नेगेटिभ देखिएको छ ।

डिस्चार्ज गर्नुअघि गरिएको परीक्षणका क्रममा उनमा कोरोना नेगेटिभ देखिएको १० डाउनिङ स्ट्रिटका प्रवक्ताले बताएका हुन् । कोरोना निको भए पनि उनी तत्काल काममा नफर्किने बताइएको छ ।

२७ मार्चमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनलाई ५ अप्रिलमा लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

६ अप्रिलमा आइसियूमा भर्ना गरेर उपचार गरेपछि प्रधानमन्त्री जोन्सन आइतबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।