भारतमा कोरोना आशंका गरिएका युवाद्वारा साततलाबाट हामफालेर आत्महत्या


हरेकपल April 13, 2020

नयाँ दिल्ली, १ वैशाख । भारतको उत्तर प्रदेशको ग्रेटर नोयडामा कोरोना आशैका गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् । आइतबार क्‍वारेन्टाइन सेन्टरको सातौँ तलाबाट हामफालेर एक युवकले आत्महत्या गरेकोे डिएनए इन्डियाले जनाएको छ ।

३२ वर्षीय एमडी गुल्जार नामका उनलाई कोरोना आशंकामा क्‍वारेन्टाइनमा राखिएको थियो । उनको कोरोना परीक्षणको नतिजा भने आउन बाँकी नै छ । उनले यसअघि पनि आफूलाई घर जान दिन आग्रह गर्दै नदिए आत्महत्या गर्ने धम्की दिएको बताइएको छ ।

उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लाका कार्यकारी सूचना निर्देशकका अनुसार कोभिड–१९ संक्रमणको आशंका गरिएका ती युवाले गलगोटिया कलेजमा बनाइएको क्‍वारेन्टाइनको सातौँ तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।