आज मंगलवार, कस्त कार्यका निम्ति लाभदायी रहनेछ ? हेर्नुहोस् २०७७ वैशाख २ गते


हरेकपल April 14, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको २ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको १४ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको सप्तमी तिथि राति ९।१७ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाषाढा नक्षत्र राति १२।२८ बजेसम्म रहनेछन् । यसैगरी आज शिव योग र भद्रा करण रहेका छन् । आज सूर्योदय बिहान ५।४२ मा छ भने सूर्यास्त बेलुका ६।२८ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् ।


आज मंगलवार गणेशजीको उपासनाका साथै राता वसतुको प्रयोग विशेष लाभदायी रहनेछ । यसैगरी आज हनुमानजीको उपासना पनि शुभ रहनेछ । आज गणेशअथर्वशीर्ष पाठ, ॐ गं गणपतये नमः भन्ने मन्त्र जपका साथै हनुमान चालिसा पाठ पनि शुभफलदायी रहनेछ ।