नववर्षका अवसरमा स्वास्थ्य–सामग्री सहित शुभकामना


हरेकपल April 14, 2020

वैशाख २, काठमाडौँ । नेपाली काङ्ग्रेस रामेछाप काठमाडौँ सम्पर्कसमितिले
नववर्षको अवसरमा जिल्लावासीको सुख,शान्ति,समृद्धि एवम् सुस्वास्थ्यको शुभकामना सहित ९० थान पिपिइ, र ४०० थान सर्जिकल माक्स जिल्लाका ८ वटै पालिका (नगरपालिका– २ र गाउँपालिका–६)मा रहेका अस्पताल तथा स्वास्थ्य चौकीहरुका लागि प्रदान गरेको छ ।

लकडाउनको विषम परिस्थितिमा समेत जिल्लाको सहयोगार्थ जुट्नुहुने सम्पूर्ण महानुभावप्रति समेत सम्पर्क समितिले हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

यसैगरी नववर्षको उपलक्षमा शुभकामना व्यक्त गर्दै नयाँ सोच,नयाँ विचार,नयाँ चिन्तन,नयाँ उत्साह,नयाँ जोसजाँगर हामीले आफूमा आधान गरेका छौँ।अहिले हामीले आफूलाई नयाँ ढङ्गले जिउने दिशातर्फ प्रेरित गरेका छौँ।आफू रहेको समाज तथा देशलाई नै विश्वकै नमुना तथा अनुपम राष्ट्रका रूपमा स्थापित गर्ने नयाँ प्रण गरेका छौँ। अझ विश्वलाई नै अघि बढेको देख्न चाहेका छौँ। यतिखेर विश्व नै अतीतका भुलबाट अलग्गिएर प्राकृतिक जीवनको नयाँधारतर्फ अग्रसर हुन पाइला चालिरहेको नव अनुभूति हामी सबैले गरेका छौँ। यत्र तत्र सर्वत्र जहाँ रहेतापनि हामी सबैले चाहेको शान्ति हो,समृद्धि हो,दुःखको अन्त्य हो र नित्य सुखकै प्राप्ति हो। त्यसैले झसबै सुखी होऊन्,सबै निरोगी रहून्,सबैले भद्र तथा कल्याणकारक वस्तुको दर्शन गरून्,कोहीपनि कुनैप्रकारको दुःखको भागीदार नबनून्ञयही नै नववर्ष वि०सं०२०७७का अवसरमा सबै जिल्लावासी,देशवासी,पृथिवीवासी मानवजाति एवम् प्राणीमात्रको कल्याणका लागि ने०का०रामेछाप-काठमाडौँ सम्पर्क समितिले हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको उक्त समितिका सचिव उमेशप्रसाद घिमिरेले जनाएका छन् ।