काठमाडौं, २ वैशाख । सरकारले कोरोना भाइरस रोकथामका जारी लकडाउनको अवधि थप गरेर वैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।
यसअघि सरकाले वैशाख ३ सम्मका लागि लकडाउन थप गरेको थियो । जसअनुसार पूर्वघोषित अवधिमा १२ दिन लकडाउन थप गरेको छ ।
मन्त्रिपरिषद् बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय पनि गरेको छ ।
मंगलबारसम्म कोरोना संक्रमणका कारण नेपालमा कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
तीमध्ये केही उपचारपछि घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ ।