धादिङमा एक युवाको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ


हरेकपल April 14, 2020

धादिङ । धादिङका एक युवाको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ ।

मंगलवार गाउँपालिकाको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डाइग्नोस्टिक टेष्ट) विधिबाट परिक्षण गर्दा उक्त २७ वर्षिय युवकलाई कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

उक्त युवकको पीसीआर विधिबाट परीक्षण गर्न सबैको नमूना संकलन गरेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइदैछ । र उक्त युवालाई पनि टेकु अस्पतालमा पठाउने तयारी भैरहेको प्रजिअ तामाङले जानकारी दिए ।

मार्च ४ अथवा फागुन २१ गते कोरियाबाट आएका थिए ।

उनका परिवारलाई गाउँपालिकाकै क्वारेण्टीनमा राख्ने तयारी भैरहेको छ ।
उक्त युवा आएको विमान पहिचान तथा अन्य विस्तृत विवरणको खोजी भैरहेको पनि तामाङले बताए ।