र्‍यापिड टेष्टमा काभ्रेका दुईजनाको रिपोर्ट कोरोना पोजेटिभ


हरेकपल April 14, 2020

काभ्रे । काभ्रेमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोरोना परिक्षणमा दुईजनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

काभ्रेको बेथानचोक गाउँपालिकाका २८ वर्षीय र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ आएको हो ।

बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए । मण्डनदेउपुरका व्यक्ति २२ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए ।

संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ । स्वाबको नमूना संकलन गरी परिक्षण गरिने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।