आज बुधाष्टमीव्रत, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ वैशाख ३ गते


हरेकपल April 15, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ३ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको १५ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको अष्टमी तिथि राति ९।११ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र राति १।७ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।४१ मा छ भने सूर्यास्त बेलुका ६।२८ बजे हुनेछ । चन्द्रमा आज बिहान ६।३५ बजेसम्म धनु राशिमा र सोपश्चात् मकर राशिमा रहनेछन् ।


आज बुधाष्टमीव्रत परेको छ । बुधवार अष्टमी तिथि परेको दिनलाई बुधाष्टमी भनिन्छ । यसैले आज दुर्गाभगवतीको उपासनाका साथै दुर्गासप्तशती पाठ पनि लाभदायी रहन्छ । यसैगरी आज गोरखकाली भगवतीको पनि विशेष पूजा हुने गर्दछ ।