भूमि सम्बन्धी समस्या समाधान आयोग गठन


हरेकपल April 15, 2020

काठमाडौँ, ३ वैशाख । सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ गठन गरेको छ । देवी ज्ञवालीको अध्यक्षतमा बुधवार आयोग गठन गरिएको हो ।

आयोगको सदस्यहरुमा भिमबहादुर कार्की९पोखरा०, जगत देउजा ९सिन्धुपाल्चोक०, मञ्जली शाक्य ललितपुर० र दिनेशचन्द्र यादव ९बाँके० हुनुहुन्छ । अध्यक्ष ज्ञवाली चितवन महानगरपालिका मेयर रेणु दाहालसँग पराजित हुनुभएको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्याललका प्र्रेस संयोजक देविका घर्ति मगरले आयोग गठन भएको बारेमा जानकारी दिनुभएको हो ।

गत चैत ९ गतेको मन्त्री परिषद्को निर्णयअनुसार आयोग गठन गरिएको हो । भूमि सम्बन्धी ऐन ९आठौं संशोधन० २०७६ मा भूमिको व्यवस्थापनका लागि आयोग गठन गरिने उल्लेख गरिएको छ । उक्त ऐनअनुसार आयोग गठन गरिएको हो ।