आज बिहीवार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् २०७७ वैशाख ४ गते


हरेकपल April 16, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको १६ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको नवमी तिथि राति ९।३६ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । श्रवण नक्षत्र राति २।१५ बजेसम्म रहनेछन् । यसैगरी आज साध्य योग र तैतिल करण रहेका छन् । आज सूर्योदय बिहान ५।४० मा छ भने सूर्यास्त बेलुका ६।२९ बजे हुनेछ । चन्द्रमा आज बिहान ६।२९ बजेसम्म रहनेछ । चन्द्रम आज मकर राशिमा रहेका छन् ।


आज बिहीवार दुर्गा भगवतीको उपासनाका साथै पहेला वस्तुको प्रयोग लाभदायी रहनेछ । यसैगरी आज दुर्गा सप्तशतीका साथै विष्णुसहस्रनामको पाठ पनि लाभदायी रहनेछ ।