हेलिकप्टरबाट गर्भवतीको उद्धार


हरेकपल April 16, 2020

डोल्पा ४ वैशाख । डोल्पा त्रिपुरासुन्दरी नगरपालिका वडा नं ७ की २१ वर्षीया गर्भवती बिपना रोकायालाई हवाई उद्धार गरिएको छ । सुत्केरी हुन जिल्ला अस्पताल आएकी उनीको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले प्रदेश अस्पताल सुर्खेत ‘रिफर’ गर्नु भएको थियो । चिकित्सकका अनुसार उनीको पेटमा नवजात शिशु उल्टो अवस्थामा रहेको बताइएको छ ।


आज नेपाली सेनाको हेलिकप्टरद्वारा जिल्ला सदरमुकामबाट दुनैबाट उनीलाई उद्धार गरिएको जिल्ला अस्पतालले जनाएको छ । बिपनालाई सुत्केरी गराउन यही वैशाख २ गते जिल्ला अस्पताल ल्याएको उहाँका श्रीमान लक्ष्मी रोकायाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ श्रीमतीको पेटमा शिशु उल्टो रहेको छ भन्नुभयो डाक्टरले । सुर्खेत लैजानुपर्छ भन्नुभयो । ”