सामुदायिक वन क्षेत्रबाट भरुवा बन्दुकसहित साउद पक्राउ


हरेकपल April 16, 2020

कञ्‍चनपुर, ४ वैशाख । कृष्णपुर नगरपालिका ४, नमुना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय मोहनबहादुर साउदलाई पक्राउ गरेको छ । 

सामुदायिक वनमा शंकास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए ।

पक्राउ परेका कैलालीको गोदावरी नगरपालिका ११, कालिका टोलका साउदलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरुगाडासहित काठ बरामद 

यसैबीच इलाका प्रहरी कार्यालय गुलरियाको गस्ती टोलीले आज लालझाडी गाउँपालिका ४, देखतभुलीको ग्राभेल सडकमा बेवारिसे अवस्थामा रहेको एक हल गोरु र गोरु गाडामा राखेको सालको गोलिया एक थान र एक थान आरा फेला पारेको छ । 

बरामद काठ, गोरुगाडा र आरा आवश्यक कारबाही अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय लालझाडीमा बुझाइएको छ ।