आज शुक्रवार, पञ्चाङ्गसहित हेर्नुहोस् २०७७ वैशाख ५ गते


हरेकपल April 17, 2020

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७७ साल वैशाख महिनाको ५ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अप्रिल महिनाको १७ तारिख, शुक्रवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१(एक अर्व, पञ्चानब्बे करोड अन्नठाउन्न लाख पचासीहजार १२१) वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१ औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।


सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको दशमी तिथि राति १०।३१ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । धनिष्ठा नक्षत्र राति ३।५२ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।३९ मा छ भने सूर्यास्त बेलुका ६।२९ बजे हुनेछ । चन्द्रम आज मकर राशिमा रहेका छन् ।


आज शुक्रवार इन्द्रायणी भगवतीको उपासनाका साथै सेता वस्तुको प्रयोग लाभदायी रहनेछ ।